News अपराध सुरक्षा

वृद्धभत्ताको लोभमा बन्चरो हानेर आमाको हत्या

वृद्धभत्ताको लोभमा बन्चरो हानेर आमाको हत्या

वृद्धभत्ताको लोभमा कैलालीमा एक ब्यक्तिले आफनै आमाको हत्या गरेका छन्। लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले बञ्चरो प्रहार गरी ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीका अनुसार श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए। प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। श्रीराम यसअघि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ।

विशेष