News

अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते

अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते

कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा सोमवार राती बझाङका एक जना युवक घाइते भएका छन्।

सोमबार राति साढे १० बजे बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया अस्पतालको तेस्रो तलाबाट हामफालेर घाइते भएका हुन्।

रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको  थियो। त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेको प्रहरीले जनाएको छ।

उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन।

उनको टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। 
 

विशेष