News

सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल चलाएर मुम्वई

सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल चलाएर मुम्वई

बलिउड कलाकारका अनेक प्रकारका फ्यान छन्। २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका अभिनेता सलमान खानका त्यस्तै एक फ्यान फेला परेका छन् । उनको जन्मदिनको अवसर पारेर उनलाई एक झलक देख्न उनको घरबाहिर हजारौं फ्यानको भीड उभिएको थियो।

त्यहाँ उपस्थित भएका सबैलाई सलमानले भेट्न सकेनन्। एक जनालाई भने सलमानले भेटे र फोटो समेत खिचाए। उनी हुन– जबलपुरका समीर। 

वास्तवमा, जबलपुर निवासी समीरले चिसो मौसममा सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल चढेका थिए। सलमान खानले पनि आफ्ना फ्यानको भावनाको कदर गर्दै उनलाई भेटेर फोटो खिचे।

समीर सानैदेखि सलमानको ठूलो फ्यान हुन। २२ डिसेम्बरमा, समीर जाडो मौसममा जबलपुरबाट साइकलमा गए र २९ डिसेम्बरमा मुम्बई पुगे। जब सलमानलाई समीरका बारेमा थाहा भयो तब उनी फ्यानलाई भेट्न बाहिर निस्किए र उनलाई भेटे। 

सलमान खानको फ्यान पेजले भाइजान र उनका फ्यान समीरको तस्बिर सेयर गरेको छ। यी तस्विरहरूमा सलमान आफ्ना फ्यान समीरसँग भेटिरहेका छन्। यस क्रममा सलमानले समीरको साइकलसँग पनि पोज दिएका छन्।
 

विशेष