News

एयरपोर्ट कर्मचारीले प्रधानमन्त्रीको निर्देशन अवज्ञा गरेपछि...

एयरपोर्ट कर्मचारीले प्रधानमन्त्रीको निर्देशन अवज्ञा गरेपछि...

एयरपोर्ट कर्मचारीले विदेशबाट नेपाल ल्याएको आईफोन जफत गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल रुष्ट भएका छन् । सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहाल रुष्ट भएका हुन।

दाहाल यस विषयमा मंगलवार उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन नभएकोप्रति चासो राखे। उनले बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई बोलाएर आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीले आज अर्थमन्त्रीलाई बोलाएर एयरपोर्टले सरकारको निर्देशन किन पालना नगरेको? भनेर जिज्ञासा राख्नुभयो,’ सचिवालयका एक सदस्यले भने, ‘तत्काल सरकारको निर्णय कार्यान्वयन गर्नुप¥यो। कानुनी समस्या छन् भने पनि ततकाल सम्बोधन गर्ने व्यवस्था मिलाउनुप¥यो।’

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए।

‘उहाँले अर्थसचिवालाई पनि निर्देशन सदँदै सबैतिर सरकारको निर्णय एकैपटक पुग्ने र कार्यान्वयन हुने गरी सर्कुलर गर्न निर्देशन दिनुभयो,’ सचिवालयका ती सदस्यले थपे ।

सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए। 
 

विशेष