कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित
![कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/ramesh-lekhak.jpg)
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।
कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका लेखकलाई संसदीय दलको विधानको धारा १३ (१) अनुसार दलको मुख्यसचेतकमा मनोनीत गरिएको हो।
यसअघिको कार्यकालमा कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण थिए।