News

ओली र प्रचण्डबीच ३ वुँदे गोप्य सहमति भएको खुलासाः यस्ता छन् सहमति

ओली र प्रचण्डबीच ३ वुँदे गोप्य सहमति भएको खुलासाः यस्ता छन् सहमति

नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्नुपुर्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच तीन वुँदे गोप्य सहमति भएको खुलासा भएको छ।

दाहाल र ओलीले दुई नेताबीच आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने, यो संसद्लाई पाँचै वर्ष चल्ने दिने वा बीचमै संसद् विघटन नगर्ने र यो गठबन्धनलाई आगामी चुनाव सम्म नै कायम गरेर जाने सहमति भएको एक नेताले जानकारी दिए ।

दुई नेताको सहमतिपछि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा दाहाल प्रधानमन्त्री भएको जनाईएको छ।

अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने ती नेताको भनाई छ । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेपछि तत्कालीन नेकपा विभाजन भएको थियो ।

नेकपा विभाजन भएपछि प्रचण्ड र माधव नेपाल पक्ष नेपाली कांग्रेससहितको नयाँ मोर्चा बनाएका थिए । पाँच दलीय मोर्चाबाटै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरू चुनावमा सहकार्य गरेर सहभागी भएका थिए । उता एमालेले पनि साना दलहरू गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेको थियो ।

तर नेपाली कांग्रेसले पूर्वसहमति विपरीत प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई दिन अस्वीकार गरेपछि प्रचण्ड र ओली एक ठाउँमा आउने वातावरण बनेको हो । 
 

विशेष