News

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, यस्ता छन एजेण्डा

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, यस्ता छन एजेण्डा

सत्ता साझेदार ५ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

न्यूनतम साझा कार्यक्रम ल्याउने, समसामयिक राजनीतिलगायत विषयमा उनीहरूबीच छलफल हुने जनाईएको छ। 

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन्। मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन। कसले कुन मन्त्रालय लिने भन्नेबारे पनि छलफल हुने सम्भावना छ। 
 

विशेष