News

प्रचण्डलाई किन सस्पेन्समा राख्न चाहान्छन माधव नेपाल ?

प्रचण्डलाई किन सस्पेन्समा राख्न चाहान्छन माधव नेपाल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार दाहाल र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।  भेटका क्रममा दाहालले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको दाहालको सचिवालयले जनाएको छ । 

नेकपा एकीकृत समाजवादी पार्टीले दाहाल प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै दाहालले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । दाहालले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ ।

यता, नेपालले भने सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।

‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?’ उनले भने, ‘त्यतिन्जेल सस्पेन्समै रहोस् ।’ उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए ।

‘पोलिटिकल सिनारियो क्लियर हुनुप¥यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, ‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।’

विशेष