News

कांग्रेसको आरोपः सत्ताका लागि अवसरवादीहरु मिले

कांग्रेसको आरोपः सत्ताका लागि अवसरवादीहरु मिले

नेपाली कांग्रेसले सत्ताका लागि अवसरवादीहरु मिलेको आरोप लगाएकपोप छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको सत्ता गठबन्धन असरवादीहरुको र पदीय चाहनाबाट उन्मुख भएकाहरुको झुण्ड भएको बताए ।

उनले विचार र दृष्टिकोणमा कुनै एकता नभएको बताए । कुन दलले महत्वपूर्ण जिम्मेवादरी पाउने भन्ने विषयमा अहिलेसम्म रुमल्लिरहेको टिप्पणी गरेका महतले पदकै कारणले सत्ता गठबन्धनको आयु छोटिनसक्ने आंकलन गरे ।

महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको बताए। गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जानु र गठबन्धन टुट्नुमा कांग्रेस दोसी नभएको पनि दावी गरे।

‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’

उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए। कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताए।

‘कांग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं।’
 

विशेष