News

राप्रपामा मन्त्री बन्न तँछाड–मछाडः पूर्वराजाको सम्पत्ति रक्षा की देश विकास ?

राप्रपामा मन्त्री बन्न तँछाड–मछाडः पूर्वराजाको सम्पत्ति रक्षा की देश विकास ?

‘पुर्वराजाको सम्पत्ति रक्षाका लागि सरकारमा जान लागेको’ आरोप लागेको राप्रपामा मन्त्री बन्न तँछाडमछाड सुरु भएको छ। सत्ता गठबन्धनमा लिङदेनलाई उपप्रधानसहित तीन मन्त्रालय दिने सहमति वनेपनि मन्त्री हुन नेताहरुले हारालुछ सुरु गरेका छन् ।

राप्रपामा महामन्त्री धवलशमशेर राणा, नेताहरू ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ मन्त्री बन्ने लाईनमा छन् । अध्यक्ष राजेन्द्र लिङ्देन भने उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री बन्ने लगभग पक्का छ।

स्रोतका अनुसार राप्रपाले ऊर्जा जलस्रोत तथा सिंचाई, पर्यटन, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार वा भूमि सुधारमध्ये एकसहित ४ वटा मन्त्रालयमा दावी गरेको छ। तर, गठबन्धनले तीन वटा मन्त्रालयमा सहमति गरेको जनाईएको छ। 

अहिले अध्यक्ष लिङ्देनले नयाँ अनुहारसहित सरकार जाने तयारी गरेका हुन् । सरकारमा जान नहुने पक्षमा ज्ञानेन्द्रबहादुर शाहीलगायतका नेताहरू पहिला नै बैठकमा मत राखिसकेका कारण उनले अवसर पाउने सम्भवना कम छ ।

१४ सिट रहेको राप्रपाले सरकारमा जान नपाएका सांसदलाई दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पदमा व्यवस्थापन गर्ने तयारी गरेको छ । अहिले प्रमुख सचेतकका लागि दीपकबहादुर सिंहलगाायत सांसदको दाबी देखिएको छ । उपनेता भने पशुपतिशमशेर राणा र वुद्धिमान तामाङमध्ये एक जना हुन सक्ने बताइएको छ । 

यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रापा पूर्वराजाको सम्पत्ति रक्षा गर्न सरकारमा जान आँटेको आरोप लगाएका छन् । राजपरिवारको सम्पत्ति रक्षा गर्न नसकेको आरोप लगाएर आफुमाथि पुर्व राजा रिसाएको बताएका थापाले अहिले ज्ञानेन्द्रकै दवावमा राप्रपा सरकारमा जाने सहमति भएका वताएका छन् ।

थापाको यो अन्तर्वार्ता प्रशारण भएपछि कतिपयले ‘राप्रपा अव भुमिसुधार मन्त्रालय लिएर सरकारमा जान वेर छैन’ भन्दै प्रतिक्रिया जनाएका छन् । भुमिसुधार मन्त्रालयमा पनि राप्रपाले दावी गरेको छ।

विशेष