News

रेखा शर्माले यसरी भत्काईन शंकर पोखरेललाई सांसद बनाउने चोर बाटो

रेखा शर्माले यसरी भत्काईन शंकर पोखरेललाई सांसद बनाउने चोर बाटो

मंसिर ४ गतेको निर्वाचनमा हारेर पनि प्रतिनिधि सभामा जाने एमाले महासचिव शंकर पोखरेलको योजना चकनाचुर भएको छ। उपचुनाव लडाएर सांसद वन्ने उनको योजना नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले असफल वनाएकी छिन् ।

नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद बनाउने योजना बनेको थियो। तर, शर्माले उक्त प्रश्ताव अस्विकार गरेकी छिन् ।

पोखरेललाई शर्माले नै १९३ मतान्तरले पराजित गरेकी थिईन। उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए ।

शर्मालाई उपराष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो। तर रेखाले राजीनामा दिन अस्वीकार गरेकी छन् । दाकालले एमाले–माओवादीसहितको सरकार भएकाले शक्ति सन्तुलन मिलाउनका लागि राजीनामा दिएर सहयोग गरिदिन आग्रह गरेका थिए ।

रेखाले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि दाङ–२ को आवश्यकता एकातिर र आफू अर्कोतिर हिंड्न नसक्ने जवाफ दिएकी छन् । माओवादीका एक पदाधिकारीले पनि रेखालाई राजीनामा गराएर एमाले महासचिवलाई संसदमा ल्याउने प्रयास भएको स्वीकार गरे । माओवादी सांसद रेखाले पनि आफूलाई उपराष्ट्रपति बन्न प्रस्ताव आएको स्वीकार गरेकी छन् ।

विशेष