News

सेनाका उपरथी शाहीको घरमा सेनाकै छापा

सेनाका उपरथी शाहीको घरमा सेनाकै छापा

नेपाली सेनाका उपरथी प्रेम शाहीको बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित घरमा विहिवार सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ ।

शाहीलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । उनीमाथि आर्थिक अनुशासनका विषयमा उजुरी परेपछि छानबिन भइरहेको सेनाले जनाएको छ। शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए ।

स्रोतका अनुसार कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोली शाहीको घरमा पुगेर छापा मारेको हो । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई पनि साथमै लगेको जनाईएको छ।

यद्यपी शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको पनि जनाईएको छ। शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो । 

विशेष