News

सरकारले फेर्यो अर्थ र राजश्वका सचिव 

सरकारले फेर्यो अर्थ र राजश्वका सचिव 

सरकारले अर्थमन्त्रालयका सचिवको सरुवा गरेको छ। सरकारले अर्थका सचिव र राजश्व सचिव फेरेको हो। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तोयम रायालाई नयाँ अर्थ सचिव बनाएको छ भने रामप्रसाद घिमिरेलाई राजश्व सचिव बनाउने निर्णय गरेको छ।

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए भने घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।

यसअघि अर्थ सचिव कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाल थिए। 

विशेष