News

सरकारले साझा कार्यक्रम भोली ल्याउने, यस्ता छन एजेण्डा

सरकारले साझा कार्यक्रम भोली ल्याउने, यस्ता छन एजेण्डा

सरकारले शुक्रवार न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । कार्यक्रमको मस्यौदा तयार भइसकेको र अन्तिरुप दिने कार्य भइरहेको छ।

आम नागरिकलाई केन्द्रमा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको जनाईएको छ। ‘सरकारको न्युनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको थियो, शुक्रबार नै अन्तिमरुप दिने तयारी छ’ एक मन्त्रीले भने–‘न्यूनतम कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका विषयलगायत छन्।’

धेरै घुइँचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरिकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रमलगायतका विषयलाई साभाmा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । सुशासन, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार, समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा राखिएको एक नेताले जानकारी दिए ।

महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ । नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल केन्द्रमा राखेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् । 
 

विशेष