News

पूर्वराजाको सम्पत्ति रक्षाका लागि राप्रपा सरकारमा जान लागेको कमल थापाको आरोप

पूर्वराजाको सम्पत्ति रक्षाका लागि राप्रपा सरकारमा जान लागेको कमल थापाको आरोप

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र राजसंस्था पुनर्स्थापनाको मोह छोडेर ब्यवसायीक स्वार्थमा लागेको खुलासा गरेका छन्। पूर्वराजाकै डिजाईलमा राप्रपा अहिले सरकारमा जाने तयारीमा रहेको थापाको भनाई छ।

एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अध्यक्ष थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पुर्वराजाको संपत्ति रक्षाका लागि भुमिका खेल्न सरकारमा जाने तयारीमा रहेको थापाले खुलासा गरे।

‘राजेन्द्र लिङदेन कस्तो नेता हो ? अहिले वहाँलाई उपप्रधानमन्त्री बन्न पार्टीभित्र दवाव छ। र वाहिर एउटा चर्चा सुरु भएको छ, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा जानका लागि पूर्वराजा ज्ञानेन्द्रले दवाव दिनुभयो रे’ भन्ने प्रश्तोताको प्रश्नमा घुमाउरो उत्तर दिदै थापाले पूर्वराजा आफु प्रति रुष्ट हुनुको कारण नै राजपरिवारको सम्पत्ति भएको वताए ।

‘मैले पनि सुने। राजेन्द्र लिङदेनजीले पार्टीको कार्य सम्पादन समितिको वैठकमा भन्नु भयो रे। एक थरी साथीहरुले राजाको कुरा उठाए रे’ प्रश्तोताको प्रश्नको जवाफ दिदै थापाले भनेका छन्–‘अनि वहाँले चैने मैले केही दिन अगाडि मात्रै सिमरामा राजालाई भेटेर आ’को छु। र सरकारमा जाने सहमति ल्याएको छु। भनेपछि मलाई चै के लाग्यो भने हेर्नोस, राजाले पनि अव विस्तारै राजसंस्था पुनर्स्थापनको मोह छोडेर ब्यवसायीक स्वार्थमा लागेको हो की भन्ने लाग्यो।’

‘विगतमा मलाई एउटा आरोप छ, राजाको सचिवले नै मलाई भन्नुभको। मैले सचिवजीलाई सोधें। सचिवज्यु मैले यत्रो राजसंस्थाको एजेण्डा बोकेर हिडिराख्या छु, किन राजाको म माथि अविश्वास होला ? भन्दाखेरी वहाँले के भन्नुभो भने हजुर खै हामीलाई त थाहा हुँदैन। तर, हजुर सरकारमा रहँदाखेरी राजपरिवारको सम्पत्ति रक्षा गर्ने वारेमा हजुरले ध्यान दिनु भएन भन्ने गुनासो छ भन्ने वुझ्छु म। भनेर घुमाउरो पाराले भन्नु भो।’– थापाले भने।

तर, राप्रपामै पूर्वराजाको सम्पत्ति निजीकरण गरेर प्लटिङ गरेर फाईल बोकेर हिडेका नेताहरु पनि रहेको थापाले वताए । झापाको दमक स्थित हिमालयन टि स्टेटलाई निजिकरण गर्ने योजनामा उनिहरु रहेको थापाको भनाई छ।

विशेष