News खेल

पेलेको सम्मानमा ब्राजिलले सडकको नाम नै फेर्यो– ‘किङ पेले मार्ग’

पेलेको सम्मानमा ब्राजिलले सडकको नाम नै फेर्यो– ‘किङ पेले मार्ग’

फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम फेरेर ‘किङ पेले मार्ग’ बनाएको छ।

किङ पेले मार्ग माराकाना रंगशालादेखि एक दशमलव चार किलो मिटरसम्म छ। सहरका मेयर एडुआर्डो पेसले ८२ वर्षको उमेरमा निधन भएका ब्राजिल आइकनको सम्मानमा रियो दि जेनेरियोको पौराणिक माराकाना स्टेडियम जाने सडकको नाम परिवर्तन गरिएको जानकारी दिएका छन्।

यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे (वेस्ट रेडियल) भनेर चिनिन्थ्यो। माराकाना रंगशाला विश्वको सबैभन्दा प्रसिद्ध फुटबल स्टेडियमहरू मध्ये एक हो। यहाँ सन् १९५० र २०१४ मा दुई वटा विश्वकप फाइनल खेल आयोजना भएका थिए।

यो रंगशाला पत्रकार मारियो फिल्होको नाममा राखिएको थियो। जसले यसलाई सन् १९४०  पुनः निर्माणको लागि अभियान चलाएका थिए। यसअघि पनि मैदानको नाम पेलेको नाममा राख्नुपर्ने आह्वान गरिएको थियो।

यो सँगै ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो – रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।

८० वर्षीय पेलेको पूरा नाम एडसन एरान्टेस डो नासिमेन्टो हो। उनले ब्राजिलका लागि धेरै पटक यहीँ स्टेडियममा खेलेका थिए र त्यहाँ सन् १९६९ मा स्थानीय क्लब भास्को दा गामा विरूद्ध सान्तोसका लागि आफ्नो १,००० औं गोल पनि यही रंगशालामा पुरा गरेका थिए।

पेलेले तीन पटक फिफा विश्वकप जितेका थिए। 
 

विशेष