News

पाल्पामा बस दुर्घटनामा परी एकै वडाका ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटनामा परी एकै वडाका ६ जनाको मृत्यु

पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल भीरमा खसेको थियो। 

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर हिडेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे को रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा दुर्घटना भएको थियो। 

दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। 

विशेष