News

निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन

निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन

रवि लामिछाने गृहमन्त्री भएपछि उनकै आदेशमा निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठित समितिले आफनो काम सुरु गरेको छ। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको हो ।

०७५ साउन १० गते कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ ।

रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ । यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि ०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

घटनापछिको साढे ४ वर्षको अवधिमा सईदेखि डीआईजीसम्म ७७ जना अनुसन्धान अधिकृतले यो हत्याको अनुसन्धान गरिसकेका छन् । ४ गृहमन्त्री र ४ आईजीपी फेरिएका छन्। हरेक गृहमन्त्रीले यो घटना आफ्नो प्राथमिकतामा रहेको बताउने गरेका छन्। कार्यभार सम्हालेपछि हरेक आईजीपीको उत्तर पनि उही हुन्छ– अब चाँडै दोषी पत्ता लाग्छ।

तर हालसम्म घट्नाको चित्त वुझदो उत्तर कसैले दिन सकेका छैनन्। अहिले घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको सिंह नेतृत्वको टोलीमा चिकित्सक समेत छन्। 

यो पनि,

निर्मला पन्त

विशेष