News

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बन्न देउवाको अफर

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बन्न देउवाको अफर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्रीको अफर गरेका छन् । सत्ता गठबन्धन भत्काउन नेपाली देउवाले राप्रपालाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेका हुन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि उक्त प्रस्ताव गरिएको स्रोतले जनाएको छ। यद्यपी सो विषयमा कुनै निचोट ननिस्किएको राप्रपाका नेताहरुले जनाएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले निकटस्थमार्फत् राप्रपा अध्यक्ष लिङ्देनसमक्ष उक्त प्रस्ताव पठाएका हुन्। जसका विषयमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा समेत अनौपचारिक छलफल भएको थियो। 

नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन। सुरुमा बाहिरैबाट समर्थन गर्ने जनाएको राप्रपाले सांसदहरुको दबाबपछि सरकारमा जाने तयारी भने गरेको छ। 

अध्यक्ष लिङ्देनले गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा उपप्रधानसहित ४ मन्त्रालय मागेका छन्। तर सत्ता गठबन्धनका दलहरु भने पर्यटन तथा संस्कृतिसहित ३ मन्त्रालय दिन तयार छन्। 

देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग समेत भेटवार्ता गरेका थिए। जसपाले पनि दाहाललाई समर्थन जनाएको छ, तर सरकारमा जाने निर्णय लिइसकेको छैन।
 

राजेन्द्र लिङदेन

विशेष