News

विज्ञान र प्रविधिले समानता र सम्मानको अवस्था सृजना गर्छः प्रचण्ड

विज्ञान र प्रविधिले समानता र सम्मानको अवस्था सृजना गर्छः प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विज्ञान र प्रविधिले वर्षौदेखि समाजमा चल्दै आएको संस्कार, जातिय विभाजन, विभेद, अपमान र संस्कृतिको अन्त्य गर्दै समानता र सम्मानको अवस्था सृजना गर्ने वताएका छन् ।

प्रधानमन्त्री दाहालले भारतमा वृटिसले भित्र्याएको रेलको उदाहरण दिदै विज्ञान र प्रविधिले समानता र समाजवादतिर लैजाने वताए ।

‘इण्डियामा व्रिटिसहरुको हुकुमत त २ सय वर्षसम्म कायम रह्यो। तर, उनिहरुले (व्रिटिसहरुले) भारतमा विज्ञान÷प्रविधि ठुलो स्केलमा भित्र्याए। त्यसको एउटा प्रत्यक्ष भौतिक पुर्वाधारको दृष्टिले देखिने भनेको रेल्वे।’ दाहालले भने–‘रेल्वे लाईन विछ्याईयो। रेल्वेलाईन विछ्याई सकेपछि भारतीय समाज, त्यहाँको संस्कृती, जातिय संरचनामा चै निकै ठुलो प्रहार गर्यो। किन ? रेलमा त तल्लो जातका अछुतहरु पनि दलितहरु पनि चढ्छन्, उच्च जातका वाहुन क्षेत्रीहरु, राजपुतहरु पनि त्यही चढ्छन्। छुन नहुने जात पनि त्यही वस्या छ।’

यो अवस्था आएपछि  ठुला जातकाहरु प्रधानमन्त्रीलाई भेट्न पुगेको र उनको जवाफ सुनेर छाँगावाट खसे झै भएको उनको भनाई छ। ‘छोईछिटो गर्ने जात पनि सवै वसेपछि एक चोटी व्राम्हणहरुको एउटा ठुलो डेलिगेसन जवाहरलाल नेहरुलाई भेट्न गयो। वर्वाद भयो, हामी त जात पात, छुवाछुत, हाम्रो समाज सयौं÷हजारौं वर्षदेखि चलेर आएको संस्कृतिक परम्पराको नष्ट भयो। त्यसैले यसको रक्षा गर्न सरकारले कदम चाल्न पर्यो भनेर नेहरु कहाँ गए’ दाहालले थपे–‘ठुलै डेलिगेसन गयो। पढेलेखेका पण्डितहरु, पुरेतहरु। हाम्रो त संस्कार नास भयो, हामी त नर्कमा जाने भैयो। स्वर्गमा जाने भनेर हामीले कति दुःख गर्या छ। पुजापाठ÷तपस्या गर्याछ। सवै एकै ठाउँमा भएपछि त सवै ववार्दद भयो। भनेपछि नेहरुले ‘रेलमा आगो लगाईदिनोस’। यो सवै गरेको रेलले हो, मैले गरेको होईन। सरकारले गर्या पनि होईन। रेल आएपछि, रेलमा कुन जात र कुन जातलाई चढने अलग–अलग गर्न सकिदैन। त्यो सवै एकै गतिमा जान्छ। एकै चोटी पुग्छ। त्यसैले तपाईहरु सवै जानोस र रेल पनि जलाई दिनोस, गाडि पनि जलाई दिनोस र जति पनि विकास भएको छ, त्यो सव जलाई दिनोस।’

यस्तो जवाफ पाएपछि उनिहरुले एउटा निस्कर्ष निकालेको दाहालले वताए । ‘त्यसो गर्न त सम्भव हुने कुरा थिएन। त्यस कारण के भनेर त्यहाँ निस्कर्ष निकालियो भने, विज्ञान प्रविधिले हाम्रो संस्कार, हाम्रो जातिय विभाजन, हाम्रो, विभेद, अपमान र संस्कृति जस्तो चलेको छ त्यसलाई भत्काई दियो। र सवैलाई समान वनाउन मद्दत गर्यो’ दाहालले भने–‘विज्ञान÷प्रविधिले समानतातिर, समाजवादतिर, र न्यायतिर लैजान्छ।’

विशेष