News खेल

आहा रारा पोखरा गोल्डकपको उपाधी संकटाले जित्यो

आहा रारा पोखरा गोल्डकपको उपाधी संकटाले जित्यो

पोखरा रंगशालामा सञ्चालित २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधी संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । 

निर्धारित समयमा दुवै टिमले २÷२ गोल गरेका थिए। अतिरिक्त समयमा कप्तान सुनील वलले गरेको गोल निर्णायक भएको थियो। खेलको सातौं मिनेटमा संकटाका सुरजज्यु ठकुरीले पहिलो गोल गरेका थिए भने संकटाका लागि ३४ मिनेटमा दोस्रो गोल मेसुकीले गरे ।

३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा बीवाइएससीका लागि विलिस ग्रिफिथले दोस्रो गोल गरे ।

संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए । 
 

विशेष