News

प्रभु साहको कटाक्षः अहिलेको व्यवस्थामा समृद्धी खोज्नु गोरुले दूध दिन्छ भनेजस्तै हो

प्रभु साहको कटाक्षः अहिलेको व्यवस्थामा समृद्धी खोज्नु गोरुले दूध दिन्छ भनेजस्तै हो

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको निर्वाचन प्रणाली परिवर्तन नभएसम्म देशमा समृद्धि असम्भव रहेको वताएका छन्। बलियो सरकार दिने प्रणाली नहुञ्जेलसम्म देशमा समृद्धि नआउने उनको भनाई थियो।

शनिबार मधेस–काठमाडौं आम सम्पर्क मञ्चको प्रदेश स्तरीय भेलामा सम्बोधन गर्दै उनले भने–‘तपाईंको घर अस्थिर बनिराख्यो, को गार्जियन हो भन्ने ठेगान नै हुँदैन, उसको कुरा चल्छ कि यसको कुरा चल्छ, को हो मुख्य हो भन्ने थाहै हुँदैन भने त्यो घर बन्छ? त्यो देश बन्छ?’

अहिले मिश्रित निर्वाचन प्रणाली र संसदीय व्यवस्थामा कसैको बहुमत नआउने उनले बताए। ‘खुट्टा एउटाको, हात अर्कोको, अनि यो सरकार चल्छ। एउटाले एउटा भाषा बोलिरहेको हुन्छ, अर्कोले अर्को भाषा बोलिरहेको हुन्छ’ साहले भने–‘पुच्छर उता घुमिरहेको हुन्छ, टाउको यता घुमिरहेको हुन्छ। अनि यो सरकारले कसरी उत्साह भर्न सक्छ?’

भागबण्डाको आधारमा बनाइएको राज्यव्यवस्थाले देश नबन्ने उनले वताए । अहिलेकै जस्तो व्यवस्था राखेर देशलाई समृद्ध बनाउँछु भन्नु भनेको गोरुले दूध दिन्छ भनेजस्तै भएको उनको कटाक्ष छ।

अब नेपाली जनताले ढिला नगरी व्यवस्था परिवर्तन गर्नुपर्ने उनले बताए।
 

विशेष