News

युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु, ४ जना पक्राउ

युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु, ४ जना पक्राउ

बुटवल उपमहानगरपालिका–१३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा ६० वर्षीय यमप्रसाद नेपालको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

स्थानीय युवतीको विषयमा झडप भएको र उनको निधन भएको जनाइएको छ । झडपमा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । 
उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । जानकारी अनुसार नेकपा एमाले निकट युवासंघका जिल्ला सदस्य तथा अनेरास्ववियु बुटवल उपमहानगर कमिटी उपाध्यक्ष दिपेशराज नेपालको घरमा आक्रमण भएको थियो । आक्रमणमा परिवारका सदस्य घाइते भएका छन् ।

सोही आक्रमणमा नेपालका बुवा यमप्रसादको मृत्यु भएको जनाईएको छ । घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिइएको छ। एमाले सम्बद्ध नेतृत्वहरुले आक्रमणकारी तथा हत्यारालाई तुरुन्त कार्वाहीको माग गरेका छन् ।

एमाले जिल्ला सदस्य नकुल शाहीले अराजक समूहले युवासंघका नेता दिपेशराज नेपालको घरमा आक्रमण गरी बुवा यमप्रसाद नेपालको हत्या गरेको बताउँदै अपराधीलाई कडा कारबाहीको माग गरेका छन् । 
 

विशेष