News

कांग्रेस खुद्रा खेलमा लागेको र प्रधानमन्त्री बाँड्दै हिडेको ओलीको आरोप

कांग्रेस खुद्रा खेलमा लागेको र प्रधानमन्त्री बाँड्दै हिडेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताए । ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ’ उनले भने–‘यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वतः संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ।

‘अहिले असफल पार्ने प्रयास जोड भएको छ । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले वी विल कमब्याक भन्नु भएको छ’ ओलीले भने–‘बट दे डिडन्ट टक ह्वेन दे कमब्याक।’ त्यसको संकेत उनले पुस २६ गते सरकार ढाल्छौैं र फेरी आउछौं भन्न खोजेको ओलीले दावी गरे।

कांग्रेस अव सत्ता आउँछ कि भनेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो । ‘अहिले पनि हामीभित्रको अन्तर विरोधमा खेल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५)मा जान्छ,’ ओलीले भने ‘अहिलेको राजनीति गरिरहेको व्यक्ति संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् ।’

विशेष