News खेल

सीआईबीको प्रारम्भिक निष्कर्ष– नेपाल टी–२० लिगमा स्पट फिक्सिङ

सीआईबीको प्रारम्भिक निष्कर्ष– नेपाल टी–२० लिगमा स्पट फिक्सिङ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरु सुरु भएका थिए । ९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा भएको थियो ।

नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएको सीआईबीले अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ ।

सीआईबी उच्चश्रोतका अनुसार बेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको छ।

सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो । सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ ।

एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिनेगरेको अनुसन्धानमा पाइएको श्रोतले जनाएको छ । 
 

विशेष