News

एक्लाएक्लै बालुवाटार धाउन थालेपछि खतिवडा र झाँक्रीप्रति नेपालको आशंका

एक्लाएक्लै बालुवाटार धाउन थालेपछि खतिवडा र झाँक्रीप्रति नेपालको आशंका

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफनै पार्टीका नेताहरुसँग आक्रोशित भएका छन्। खासगरी उपमहासचिव जगन्नाथ खतिवडा र सचिव रामकुमारी झाँक्री प्रति अध्यक्ष नेपाल वढि आक्रोशित देखिएका छन्।

उनिहरु पार्टीमा जानकारी नगराई एक्ला–एक्लै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न गएको भन्दै नेपालले आपत्ति जनाएका छन् । उपमहासचिव खतिवडाले २२ गते र सचिव झाँक्रीले माओवादी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका थिए।

सोही दिन झाँक्री लगायत केही सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए । खतिवडाले प्रचार विभाग प्रमुखको हैसियतमा पार्टी अध्यक्ष नेपाल र प्रधानमन्त्री दाहालबीचको भेटलाई व्यक्तिगत भन्ने, तर आफैँ खुसुखुसु भेट्न जाने कुरा सुहाउँदो नभएको भन्दै उनलाई कारबाही गरिनुपर्ने आवाज पार्टी पदाधिकारीबीच उठेको छ ।

दाहालले एमालेको समर्थनमा प्रधानमन्त्री हुने तयारी गर्ने क्रममा एकीकृत समाजवादीलाई बेवास्ता गरी एक्लै गएको घटनापछि दुई पार्टीबीचको सम्बन्ध चिसिएको छ। पछिल्ला दिनमा सरकारलाई समर्थन गर्ने र एकता मामिलालाई लिएर संवाद सुरु भए पनि एकीकृत समाजवादीले प्रचण्डको कार्यशैली विश्वसनीय नभएका कारण अझैसम्म समर्थन दिने कि नदिने भन्ने निर्णय गरेको छैन । 

यस्तो स्थितिमा पार्टीका पदाधिकारीहरू जानकारीबिना बालुवाटार जाने कुरा आपत्तिजनक रहेको एक पदाधिकारीले बताए । माधव नेपाल निकट एक पदाधिकारीले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै ‘नेताहरूका यस्ता गतिविधि र कार्यशैलीले शङ्का गर्ने ठाउँ देखिएको’ बताए। 
 

विशेष