News

आफैले आगो लगाएको घरमा जलेर नरेशको मृत्यु

आफैले आगो लगाएको घरमा जलेर नरेशको मृत्यु

दैलेखको भैरवी गाउँपालिकामा एक ब्यक्ति आफैले आगो लगाएको घरभित्र मृत अवस्थामा फेला परेका छन् । भैरवी–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको हो।

नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले स्थानीयको सहयोगमा राति करिव साढे ११ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगो नियन्त्रणमा आएपछि खोजतलास गर्दा नरेशलाई मृत अवस्थामा फपेला पारिएको प्रहरीले जनाएको छ। जानकारी अनुसार मजदुरीका लागि भारत काम गर्न गएकी नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन्।

छोरीको मृत्युपछि मानसिक रूपमा असान्त र विक्षिप्तजस्ता देखिने नरेशले पत्नीसहित ४ छोराछोरीलाई छिमेकीकोमा बस्न पठाई आफ्नै घरमा आगो लगाएको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 
 

विशेष