News

शिक्षिकाले पानी भन्दै स्प्रिट खुवाएपछि विद्यार्थीको मृत्यु

शिक्षिकाले पानी भन्दै स्प्रिट खुवाएपछि विद्यार्थीको मृत्यु

सिरहा मिर्चैयामा शिक्षिकाको लापर्वाहीका कारण कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका– ६ स्थित सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाले पुस २२ गते पेट दुखेपछि औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जनाईएको छ। शिक्षिकाले जानेर नभई झुक्किएर स्प्रिट दिएको पाईएको छ।

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।

बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले बताए । 
 

विशेष