News बैंकिङ अपराध सुरक्षा

सहकारीको ३४ लाख चोरिएपछि आर्थिक कारोवार हेर्ने कर्मचारी नियन्त्रणमा

सहकारीको ३४ लाख चोरिएपछि आर्थिक कारोवार हेर्ने कर्मचारी नियन्त्रणमा

मोरङको एउटा सहहकारीमा शुक्रबार राति ३४ लाख रूपैयाँ चोरी भएपछि प्रहरीले आर्थिक कारोवार हेर्ने एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको मूल ढोकाको ताला फुटाएर रकम चोरी भएको हो। तर, चोरी भएको जानकारी प्रहरीलाई भने शनिबार दिउँसो साढे १ बजे मात्रै गरिएको थियो।

घटना शंकास्पद देखिएपछि प्रहरीले आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु गरेको छ। यद्यपी उनको संलग्नता यकिन भइनसकेको छैन। प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गरिरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको खुलेको छ। सहकारीको ताला फुटाएर कार्यालयभित्र पैसा राखिएको ‘सेभ’ तोडेर चोरी गरेको पाइएको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

खनालले सहकारीको ३४ लाख चोरी भएको जानकारी गराएको प्रहरीले जनाएको छ। तर, चोरी भएको रकम यकिन हुन बाँकी रहेको डीएसपी श्रेष्ठ बताउँछन्। 

उक्त सहकारी स्थानीय महिलाहरू मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन्।
 

विशेष