News

रेशम चौधरीको रिहाईका लागि सिके राउतले पनि दबाब दिने,  नागरिक उन्मुक्ति पार्टीसँग १२ बुँदे सहमति

रेशम चौधरीको रिहाईका लागि सिके राउतले पनि दबाब दिने,  नागरिक उन्मुक्ति पार्टीसँग १२ बुँदे सहमति

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणासहित १२ बुँदे सहमति भएको छ।

सहमतिमा जनमत पार्टीको अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल गर्ने सहमति भएको छ।

यसअघि नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने, सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ ।

यस्तै, संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदाहरुलाई कार्यान्वयनका लागि एक भएर जाने उल्लेख गरेका छन् ।

संसदमा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्।

विशेष