News

विदेशीलाई ओलीको चेतावनीः सरकारलाई आशंकाले नहेर्नु होला

विदेशीलाई ओलीको चेतावनीः सरकारलाई आशंकाले नहेर्नु होला

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बनेको सरकारलाई कुनै आशंकाको दृष्टिले नहेर्न छिमेकी र सबै अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका छन् ।

सोमवार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । यो सरकार नेपाली जनता र यसका प्रतिनिधिले बनाएको यथार्थ बुझ्न समेत चेतावनी दिए।

‘यो सरकार नेपाली जनताले चुनेर पठाएको संसद्का प्रतिनिधिहरूले चुनेर बनाएको हो’ सरकार सञ्चालनमा सहयोग गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीले भने,‘हाम्रा सबै अन्तर्राष्ट्रिय मित्रहरूलाई यसको मर्म बुझेर यसप्रति कुनै आशंकाको दृष्टिकोण राख्नुपर्ने छैन भन्न चाहन्छु ।’ 

अहिलेको सरकार छिमेकी बाह्य सबै मित्रहरु सँग मिलेर काम गर्ने उनले बताए । ओलीले भने–‘हाम्रा विकासका प्रयासहरुमा सकारात्मक दृष्टिकोण राख्न र सहयोगको हात बढाउन आग्रह गर्छौं हामी कतैतिर लाग्दैनौं । तटस्थ नीति अबलम्बन गर्छौं।’
 

विशेष