News

ओलीले नै देखाई दिए सरकारका ८ चुनौती, अवाक भए प्रचण्ड

ओलीले नै देखाई दिए सरकारका ८ चुनौती, अवाक भए प्रचण्ड

प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमवारबाट सुरु भएको छ। संसद्को पहिलो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सम्बोधन गरे।

सम्वोधनका क्रममा प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरका चुनौतीको चाङमा उभिएको वताए । ओलीले सरकारका ८ चुनौती उल्लेख गरेका छन् । ‘सरकार सामु चुनौती छन् भन्ने स्मरण गराउन चाहन्छु। सहज परिस्थिति छैन’ उनले भने।

उनले, सुशासन स्थापना, भ्रष्ट्राचार नियन्त्रण, सामाजिक विभेदको अन्त्य, विगतका आन्दोलनका घाउहरूमा मलहमपट्टी गर्ने, राजनीतिक बन्दीसम्बन्धी काम गर्नुपर्ने, भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने, आन्दोलनमा मारिनेका परिवार र द्वन्द्वपीडितको माग सम्बोधन गर्नुपर्ने, शीतलहरका पीडितलाई तत्काल राहत बाँड्नुपर्नेलगायतका चुनौती चुनौती रहेको वताए ।

ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दाबी गर्दै गठबन्धन बिगार्ने खेलतिर नलाग्न प्रतिपक्षी शक्तिलाई आग्रह गरे। कांग्रेस सभापति देउवाले आफ्नो दल प्रतिपक्षमा बस्नेबारे केही नखुलाए पनि ओलीले देउवालाई प्रतिपक्षी दलका नेताको रूपमा सम्बोधन गरेका थिए। 
 

विशेष