जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी
![जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/jasapa-d2f76.jpg)
जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । रामआशिष यादवले पनि उम्मेदवारी दिने भनेपनि अन्तिम समयमा पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् ।
जसपाका १६ प्रदेशसभा सदस्य छन् । संसदीय दलको नेता चुनिने ब्यक्ति नै मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् ।
मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।