News

प्रदेश १ मा माओवादीले सुरु गर्यो बखेडा, तत्काल सरकारमा सहभागी नहुने

प्रदेश १ मा माओवादीले सुरु गर्यो बखेडा, तत्काल सरकारमा सहभागी नहुने

प्रदेश १ मा सरकारलाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले वखेडा सुरु गरेको छ। आधा कार्यकाल मुख्यमन्त्रीमा वार्गेनिङ गर्दै माओवादीले तत्काल सरकारमा सहभागी नहुने निर्णय समेत गरेको छ।

सरकारलाई दिएको समर्थन भने यथावत रहने बताईएको छ। आधा कार्यकाल मुख्यमन्त्रीको दावी गर्दै आएको माओवादी केन्द्रले केन्द्रीय नेतृत्वको निर्णय प्रति असन्तुष्टि जनाएको छ। भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति भएको छ।

सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले प्रदेश १ ले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ ।  माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए ।

आङ्बोले केन्द्रको सहमतिले प्रदेशमा माओवादी पार्टीको अपमान भएको बताए । ‘केन्द्रको  सहमतिले प्रदेश १ मा माओवादी केन्द्रको अपमान भएको छ,’ उनले भने,‘ निर्णय पुनरावलोकन नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’

आइतबार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । 

आज उनले सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी छ ।

विशेष