News

टिकापुर आउँदै गरेको बस भारतको लखनउमा दुर्घटना, ३ जना नेपालीको मृत्यु

टिकापुर आउँदै गरेको बस भारतको लखनउमा दुर्घटना, ३ जना नेपालीको मृत्यु

टिकापुर आउँदै गरेको यात्रु बस भारतको लखनउमा दुर्घटना हुँदा ज्यान गुमाएका ३ जना नेपालीमध्ये २ जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा टीकापुर नगरपालिकाको ज्योतिनगर बस्ने ४० वर्षीय ललित साउद र टीकापुरकै व्यवसाय क्षेत्र घर भएका ४५ वर्षीय चन्द्र साउद छन्। मृतक नेपालीमध्ये १ जना महिलाको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना भएको थियो। दुर्घटनामा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १ जना बसका चालक रहेका जनाइएको छ। दुर्घटनामा करिब १५ जना घाइते भएको जनाइएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको दुर्घटनाग्रस्त बसमै सवार कैलालीको टीकापुरका दीपेन्द्र साउँदले जानकारी दिए।

भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ गउ उन्नाउ भन्ने ठाउँमा बस दुर्घटनाामा परेको थियो। तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको जनाईएको छ। बाक्लो हुस्सु लागेका कारण चालकले रोकिराखेको ट्रक नदेख्दा दुर्घटना भएको अनुमान गरिएको छ।

बसमा ४० जना यात्रु थिए। 
 

विशेष