News

भक्तपुरको सूर्यविनायकमा ग्यास सिलिण्डर विस्फोट

भक्तपुरको सूर्यविनायकमा ग्यास सिलिण्डर विस्फोट

भक्तपुरको सूर्यविनायक नगरपालिका–३, दधिकोटमा ग्यास सिलिण्डर विस्फोट भएको छ। रामप्रसाद थपलियाको घरमा सोमबार बिहान पौने ७ बजे सिलिण्डर विष्फोट भएको हो ।

विस्फोटका कारण थपलियाकी पत्नि सामान्य घाइते भएकी छिन्। उनी मध्यपुर ठिमी अस्पतालमा उपचाररत छिन् ।

पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरमा पनि क्षति पुगेको छ । भान्छाको सिलिण्डर त जस्ताको तस्तै छ, तर ग्याँस एक्कासी बाहिर आउँदा विष्फोट भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी राजु पाण्डे बताए।

सिलिण्डर समेत जस्ताको तस्तै रहेको अवस्थामा कसरी घरमा क्षति पु¥याउने गरी विष्फोट भयो ? परिवारका सदस्यहरु आश्चर्यमा परेका छन् । छरछिमेकहरुले विष्फोटको आवाज सुन्दा बम नै पड्किएझैँ आशंका गरेका थिए ।

जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले नेपाली सेनाको बम डिस्पोजल टिमलाई पनि खबर गरेको थियो। अपराध अनुसन्धानमा सहयोगी प्रहरीको तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा ल्याइयो ।

तर, अनुसन्धानका क्रममा सिलिण्डर नभइ ग्याँस विष्फोट भएको देखिएको डीएसपी पाण्डेले बताए। 
 

विशेष