News

राहदानीको सफ्टवेयर बन्यो, लाईन वस्नु पर्ने समस्या उस्तै

राहदानीको सफ्टवेयर बन्यो, लाईन वस्नु पर्ने समस्या उस्तै

पुस १७ गतेदेखि समस्या आएको राहदानी विभागको सफ्टवेयरमा सुधार आएको छ। व्याङलोर र मलेसियाबाट विज्ञ टोली झिकाइ सफ्टवेयर मर्मत गरिएको हो।

राहदानीको समस्या समाधान भए पनि त्यसको थप जाँच गर्न फ्रान्सबाट विज्ञटोली बोलाएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइ पुग्ने राहदानी विभागले जनाएको छ।

राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको समाधानका लागि प्राविधिक टोली झिकाइएको हो। नेपालमा ०७८ मंसिर १५ देखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो। 

यद्यपी, राहदानीका लागि आवेदन दिएका आवेदकहरुले विभागको सूचना प्राप्त गरेसँगै विभाग आउन सक्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको लाइन हटाउने निर्णय गरेको थियो।

राहदानी वितरणमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएसँगै विभागको सफ्वेयरमा समस्या देखिएको थियो। विद्युतीय राहदानी लिनका लागि आधारातदेखि लाइन बस्नु पर्ने अबस्था छ। राहदानी विभागको लाइन व्यवस्थापन गर्न शुरु गरेको अनलाइन प्रणालीले जनताको समस्या सुल्झाउनुको सट्टा बल्झाएको छ।

सरकारले लाइन व्यवस्थापन गर्न पटक पटक निर्देशन दिए पनि कार्यान्वयनमा भने आउन सकेको छैन। विभागमा यतिवेला  १ सय ६ जना कर्मचारी रहेका छन्। कर्मचारी अभावका कारण पनि यस्ता समस्या सुल्झाउन सक्ने अबस्था छैन।

देशको संघीय राजधानी काठमाडौंमा राहदानी बनाउन वर्षौंदेखि मेसिन रिडेबल पासपोर्ट बनाउँदा दिनभर लाइन बस्नुपर्ने समस्या थियो। राहदानीलाई सहज विश्वासिलो बनाउने भन्दै १ मंसिर २०७८ बाट सरकारले विद्युतीय राहदानी शुरु गरेको थियो।  त्यसले पनि सो समस्या समाधान गर्न सकेको छैन।
 

विशेष