माधव नेपाल र रञ्जिता चौधरी प्रतिपक्षी बेन्चमा
संसदको पहिलो बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।
एकीकृत समाजवादीका नेता माधव नेपाल संसदको प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ । यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बसेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।