News

दिपक मनाङेले माधव नेपाललाई पनि दिए धोका !

दिपक मनाङेले माधव नेपाललाई पनि दिए धोका !

नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले माधवकुमार नेपाललाई पनि धोका दिएका छन् । केन्द्रको निर्णय नआउँदै उनले नेकपा एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन्।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले केही बेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै छन्। केन्द्रमा भने एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ।

तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन्। सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए। उनले अहिलेको आवश्यकता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकै ठाउँमा रहनुपर्ने पनि बताए।

‘केन्द्रमा के हुन्छ, मलाई मतलब भएन। यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ। हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ। 
 

विशेष