News

गगन थापाले यसरी थाहा पाए प्रचण्ड र ओलीबीचको विग्रह

गगन थापाले यसरी थाहा पाए प्रचण्ड र ओलीबीचको विग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विग्रह सुरू भएको दाबी गरेका छन् । उनले संसदमा ओली र दाहालबीचको विग्रहको गन्ध आएको दावी गरे।

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री दाहाल अल्मलिएको थापाले वताए । ओलीको भनाईमा समर्थन गर्न दाहालले देखाएको अलमलले दुई नेताबीच विग्रहको बिजारोपण भएको संकेत गर्ने उनको जिकिर छ ।

‘सत्ताको गठबन्धन बनाएका माओवादी र एमालेका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वभाविक नै थियो । तर, पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभएको याद गरेँ’ थापाले भने–‘संसद विघटन सोह्रै आना सही थियो । जनताको पक्षमा थियो । प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री दाहाल टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो। त्यो सामान्य अलमल देखिए पनि मैले मानेको छैन ।’

सरकारको स्थिरता नै अहिलेको चुनौती भएको थापाको भनाई छ। प्रतिनिधिसभा विघटन गरेकै कारणले अगल भएका नेताहरू अहिले एकपटक समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा उनको आशंका छ।
 

विशेष