News अर्थ रोजगार

सिरहाका ब्यापारीले ढुङ्गा हान्दै राजश्वका कर्मचारी लखेटे

सिरहाका ब्यापारीले ढुङ्गा हान्दै राजश्वका कर्मचारी लखेटे

सिरहाको मिर्चैया स्थानीय ब्यापारीले राजश्व अनुसन्धान कार्यालय इटहरीका कर्मचारीलाई लखेटेका छन् । तस्करीको कपडा फेला परेपछि सिल गरेको गोदाममा उक्त सामान जफत गर्न पुगेका बेला कर्मचारीलाई लखेटिएको हो। 

राजश्व अनुसन्धानको टोलीले असोज ४ गते मिर्चैया नगरपालिका–६ स्थित मुरारी साहको कल्याण ट्रेडर्समा छापा मारेको थियो। त्यस वेला अवैध सामान भेटेपछि साहको पसल र गोदाम सिल गरिएको थियो ।

सिल गरेको पसल र गोदाममा रहेको राजश्व छलीको सोही सामान लिन गएका बेला ब्यापारीले ढुङ्गा हान्दै कर्मचारीलाई लखेटेको स्थानीयले वताए।

राजश्व अनुसन्धानका कर्मचारीमाथि अनुगमनको नाममा आतंकित बनाएको भन्दै व्यापारीहरू आक्रमक बनेका थिए । व्यापारीहरु र राजश्वका टोलीबीच तनावको अवस्था सृजना भएको थियो । व्यापारीले ढुंगामुढा गर्न थालेपछि राजश्व अनुसन्धानका टोली भागेका हुन् ।

व्यापारीहरूले ‘राजश्व अनुसन्धानको आतंक बन्द गर’ भन्दै आधा घण्टासम्म पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारे। अहिले त्यहाँ सुरक्षा ब्यवस्था कडा बनाईएको छ। 
 

विशेष