News राजनीति

कोशीमा उद्धव थापाको विकल्प तयार भए राप्रपाले गठबन्धनलाई सघाउँला ?

कोशीमा उद्धव थापाको विकल्प तयार भए राप्रपाले गठबन्धनलाई सघाउँला ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकार बनाउने र उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने अडानमा देखिएका छन्। देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताए।

यसै सन्दर्भमा सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न लागेका छन् भने प्रधानमन्त्रीले कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

‘कोशी प्रदेश सरकारको सन्दर्भमा कुरा हुँदा सभापति गठबन्धनकै सरकार हुनुपर्ने पक्षमा देखिनुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने र प्रश्न उठ्ने कुरा केही पनि गर्न हुँदैन भन्नेमा उहाँ क्लियर देखिनुभएको छ।’

यता राप्रपाले भने उद्धव थापाको ठाउँमा अर्को उम्मेदवार आए सहयोग गर्ने वचन दिएको कांग्रेसका नेताहरु वताउँछन्। त्यसैले उद्धव थापाको विकल्प खोज्ने विषयमा पनि तयारी भईरहेको उनीहरु वताउँछन्। ‘उद्धव थापाको ठाउँमा अर्को व्यक्ति ल्याए हामीले सहयोग गर्छौं भनेर तल राप्रपाका सांसदले हाम्रा सांसदलाई भनिदिएका छन्,’ कांग्रेस नेता भन्छन्, ‘केन्द्रमा बुझ्दा तपाईंको दलमा हामीलाई के मतलब भन्छन् । त्यसैले राप्रपाको धारणा पहिले बुझ्नुपर्ने भयो ।’

प्रदेश प्रमुखले २६ असोजसम्म १६८ (५) अनुसार कोशीमा सरकार बनाउन समायावधि दिएका छन् । उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ । 
 

विशेष