News

जलहरी प्रकरणः पशुपति क्षेत्र विकास कोषका प्रदीपकुमार ढकाल र मिलनकुमार थापा विरुद्ध मुद्दा

जलहरी प्रकरणः पशुपति क्षेत्र विकास कोषका प्रदीपकुमार ढकाल र मिलनकुमार थापा विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर भएको हो। आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको अभियोग लगाएको छ।

१ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ। तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष