News

इजरालयमा विचल्लीमा परेका नेपाली लिन परराष्ट्रमन्त्री आफै जाने

इजरालयमा विचल्लीमा परेका नेपाली लिन परराष्ट्रमन्त्री आफै जाने

इजरायलमा आतंकवादी हमलापछि विचल्लीमा परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । नेपाल वायु सेवा निगमको जहाजमार्फत आज राति ११ बजे उनी इजरायल जाने तय भएको छ ।

इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि आक्रमण गर्दा त्यहाँको अवस्था भयावह छ। रकेट आक्रमण अहिले दोहोरो युद्धमा परिणत भएको छ । हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।

उक्त क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारको समन्वयमा इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ । दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको छ।

हराइरहरेका एक जना नेपाली विद्यार्थीको खोजी कार्य जारी रहेको नेपाली दूतावासले जनाएको छ ।

विशेष