News

प्रेम सुवालको यि सुन्दरी प्रति किन यस्तो स्नेह ?

प्रेम सुवालको यि सुन्दरी प्रति किन यस्तो स्नेह ?

काठमाण्डौंमा अहिले विभिन्न खाले आन्दोलन चर्चामा छन्। शिक्षक आन्दोलन, डाक्टर आन्दोलनदेखि कर्मचारीसम्म सकडमा आउँदा काठमाण्डौं आन्दोलनमय छ।

त्यसभन्दा पनि फरक एउटा अर्को आन्दोलन पनि काठमाण्डौंमा चर्चामा छ– सम्पदा संरक्षणका नाममा काठमाण्डौंको ठमेल स्थित छाया सेन्टर सिद्याउने आन्दोलन। यो आन्दोलनमा नेमकिपाका नेताहरु दिलो ज्यान दिएर लागेका छन्।

भक्तपुरबाट गाडी भाडा गरेर छाया सेन्टरमा हुने यो आन्दोलनमा अर्को पनि पृथक पक्ष छ। नेमकिपाको आन्दोलनमा पाटनकी सुन्दरी एमाले कार्यकर्ता पृथबिन्दु महर्जन पनि मिसिएकी छिन्।

नेमकिपाले भाडामा १५ जना मान्छे लगेर ठमेलमा उफार्दा पृथविन्दु पनि एक जना पर्छिन। उनीहरुको तमासा वढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर पक्राउ गर्ने गरेको छ। त्यसपछि वहालवाला सांसद प्रेम सुवाललाई पर्नु पिर पर्छ। प्रहरीलाई दवाब दिएर पृथविन्दुलाई छुटाउन उनी आफै प्रहरी कार्यालय पुगेका उदाहरण छन्।

पृथबिन्दु पाटनको हर्ताकर्ता कम्युनिस्ट कार्यकर्ता हुन। हेर्दा सुन्दर र आकर्षक छिन। मिजासिलो स्वभाव छ। १०÷१२ जनालाई लाईन लगाएर हिड्न सक्ने क्षमता छ। तर उनको प्रस्तुती भने उग्र छ। उनले छाया सेन्टरलाई खरानी वनाउनु पर्छ भन्दै मान्छे भेला गरेर नाराजुलुस गर्ने देखि सामाजिक सञ्जालमा अभियान चलाउनेसम्मका सवै काम गर्दै आएकी छिन्।

उसो त पृथबिन्दुका गुरु प्रेम सुवाल पनि उग्रताको चरम नमुना हुन। उनले एउटा टेलिभिजन कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीलाई आधार र प्रमाण विना नै ठाडै भारतीय दलाल भन्न भ्याएका थिए।

जवाफमा सुरेन्द्र केसीले पनि सुवाललाई ‘तपाई पनि कोरियन दलाल’ भनेका छन्। वास्तवमा उत्तर कोरियन नेता किम जोङ उनलाई नेमकिपाले उच्च सम्मान गर्छ। उत्तर कोरियाको जस्तो राज्य ब्यबस्था नेपालमा बनाउन चाहान्छ। उदाहरण को लागि भक्तपुरमा नेमकिपा को दादागिरी चाखलाग्दो छ। (यो विषय अर्को श्रृंखलामा प्रस्तुत गर्नेछौं।’

महर्जनको पनि प्रोफाईल स्टोरी गज्जबको छ। उनको कथा रंगिन छ। महर्जन र सुवाल दुबैको बानी ब्यहोरा उस्तै छ। दुवै आगो जस्तै छन्। विचार पनि कम्युनिस्ट। फोनमा पनि उनीहरुको कुरा भईरहने जानकारहरु वताउँछन्। एकअर्काको खबर आदान प्रदान गरिरहन्छन। सङै ‘नेबारि चिया’ पिउदै राजनैतिक योजना बनाउछन।

अहिले उनीहरु सम्पदा संरक्षणका नाममा छायाँ सेन्टर भत्काउनु पर्छ भन्दै संयुक्त रुपमा लागेका छन्। पुरानो पोखरी मासेर छायाँ सेन्टर निर्माण गरिएको भन्दै उनीहरुले अदालतमा विचाराधिन मुद्दालाई समेत प्रभावित वनाउन खोजिरहेका छन्।

जव–जव छायाँ सेन्टर विरुद्धको मुद्दाको पेशी तोकिन्छ अनि नेमकिपाका नेता र महर्जनको मिलेमतोमा भक्तपुरबाट मान्छे ओसारेर ठमेलमा आन्दोलन गर्ने गरिन्छ। दुवै जनाको कृत्यु हेरेर ‘भक्तपुरका नेताले ललितपुरकी सुन्दरीसँग मिलेर ठमेलमा तमासा गर्न थालेको’ भन्दै आलोचना हुन थालेको छ।

आलोचना नहोस पनि कसरी ? तथ्यांक अनुसार भक्तपुरमा मात्रै ५० ओटा सार्वजनिक पोखरी छन। ति मध्ये धेरै पोखरी मासेर घर ठड्याईएको छ। तर, नेमकिपाका नेता र महर्जनको ध्यान भने ठमेल स्थित छायाँ सेन्टरको प्रगतीमा अडिएको स्थानीयहरु वताउँछन्।

विशेष