News राजनीति

दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता महेश वस्नेत सहभागी कार्यक्रममा १ दर्जन गाडी फुटाए

दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता महेश वस्नेत सहभागी कार्यक्रममा १ दर्जन गाडी फुटाए

झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रमको पार्किङ स्थलमा पहिचानवादीको समुहमा मिसिएर दुर्गा प्रसाईका कार्यकर्ताले गाडी तोडफोड गरेका छन्।

कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी तोडफोड गरिएको हो। 

अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताए ।

पहिचानवादीको समुहमा मिसिएर प्रसाईँका कार्यकर्ताले कार्यक्रममा समेत अवरोध गर्न खोजेका थिए। गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए।
 

विशेष