News खेल

विश्वकप छनौटः नेपाल र लाओसको खेल हेर्न ओली दशरथ रंगशालामा पुगेपछि...

विश्वकप छनौटः नेपाल र लाओसको खेल हेर्न ओली दशरथ रंगशालामा पुगेपछि...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र लाओसबीचको फुटवल खेल दशरथ रंगशाला पुगेका छन्। एमाले अध्यक्षसमेत रहेका ओली बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन्  ।

खेलमा हौसला बढाउन दर्शकहरू भरिभराउ छन्। फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन्।

नेपालले लाओसविरुद्ध आक्रमक रणनिति अपनाएको छ। फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो लेगपछि नेपाली टोलीले दोस्रो लेग लाओसको घरेलु मैदानमा खेल्नेछ।

छनोटको दोस्रो लेग असोज ३० गते हुने छ । 

विशेष