News प्रदेश ३

हेटौडाका डाक्टर कुट्ने ६ जनानै धरौटी बुझाएर छुटे

हेटौडाका डाक्टर कुट्ने ६ जनानै धरौटी बुझाएर छुटे

हेटौडको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने ६ जनालाई अदालतले धरौटीमा रिहा गरेको छ।

जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबारको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उक्त घटनामा पक्राउ परेकी रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौंडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौंडा–१० बाट पक्राउ गरेको हो । 
 

विशेष