डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति अस्पताल भर्ना

डेंगु सङ्क्रमण भएपछि उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्। उपचारका लागि उनलाई सिभिल अस्पताल भर्ना गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्दै आएका छन् ।