News अपराध सुरक्षा

लुटेरा समाउन प्रहरीले गोली चलायो, तीन जना पक्राउ

लुटेरा समाउन प्रहरीले गोली चलायो, तीन जना पक्राउ

काठमाडौंमा प्रहरीले गोली चलाएर लुटेरा समुहका तीनजनालाई पक्राउ गरेको छ। काठमाडौंको बौद्ध क्षेत्रमा बिहीबार दिउँसो प्रहरीले लुटेरा नियन्त्रण गर्न गोली चलाएको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीलाई लुटेरा समूहले पेस्तोल ताकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन गोली चलाएको हो। प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो।

प्रहरीको गोली लागेर ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

जितेन लामा र शान्ता लामा प्रहरीको नियन्त्रणमा छन्। उनीहरूबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र मोटरसाईकल बरामद भएको छ। लुटेरा समुह तीन वटा मोटरसाईकलमा आएको प्रहरीले जनाएको छ।

विशेष